५ असोज, ताप्लेजुङ । कोरोना संक्रमणका कारण ताप्लेजुङकी एक महिलाको मृत्यु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाकी ३७ वर्षीय महिलाको मोरङको बिराट मेडिकल कलेजमा उपचारका क्रममा सोमवार विहान पौने ११ बजे मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील देवका अनुसार महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी थिइन् ।
सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटमा ल्याइएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस