समाचार

वीर अस्पतालमा कोरोना संक्रमितको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी

bir hospital

६ असोज, काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । गत शनिबार उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको छ ।

तर, जेल प्रशासनले उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ । केन्द्रीय कारागारले भने जैसवाल दीर्घरोगी भएको भन्दै स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेको र भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु बताएको ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।

तर, परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् । पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए ।

कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन् ।

कारागार प्रशासनले परिवारलाई ‘तपाईँको मान्छेको कारोनाको कारण ज्यान गएको’ भन्दै खबर गरेपछि परिवारका सदस्य काठमाडौं आएका थिए । शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काएको छ ।

प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस