समाचार

हेटौंडाका ७४ वर्षीय कोरोना संक्रमितको चितवनमा मृत्यु

cmc

१० असोज, चितवन । मकवानपुरको हेटौंडा–९ घर भएका एक जना कोरोना संक्रमित ७४ वर्षीय पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा.दायाराम लम्सालद्वारा शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख भए अनुसार शुक्रबार राति १२ बजेर १८ मिनेट जाँदा उनको मृत्यु भएको हो ।

श्वासप्रश्वास र निमोनियाको समस्या भएका कारण उनी असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनको भदौ ९ मा कोरोना पुष्टि भएको थियो । उनको सघनकक्षमा उपचार हुँदै आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस