१० असोज, काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ पटककझ अनसन बसिरहेका डा गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ।
उनको माग पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गर्दैगर्दा पक्राउ परेका हुन् ।
स्वास्थ्य अवस्था जटिल हुँदै गइरहे पनि केसीसँग संवाद नगरेको भन्दै यसअघि मानवअधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको थियो। केसीको अनसन लम्बिँदै जाँदा उनको समर्थनमा प्रदर्शन पनि तीव्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस