१२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

आज मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य भइरहेका बेला आकस्मिक रूपमा बोलाइएको बैठकलाई चासोका रूपमा हेरिएको छ ।

एनएमबि न्यूज