११ असोज, सिन्धुली । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २० देखि ६० वर्ष सम्मका व्यक्ति रहेका छन् । २ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब परीक्षणका क्रममा एकै परिवारका ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहको बताए । उनीहरुलाई सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको छ ।
यो सँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । ती मध्ये ६१ जना उपचारपछि निकोभइ घर फर्किसकेका छन् भने अन्यको उपचार सिन्धुली अस्पताल र एपोलो अस्पतालमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस