११ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै उनी सेल्फ क्वारेन्टाइनमा बसेको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस