मनोरञ्जन ताजा समाचार

फिल्म ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

laxmi puja song

१२ असोज, काठमाडौं । दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लक्ष्मी पुजा’मा समावेश ‘जिन्दगी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

माण्डवी त्रिपाठीको स्वरमा समावेश गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अस्मिता जुरेली, जयकिशन बस्नेत र नीर शाहलाई देखाइएको छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । यो चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिदैछन् ।

यो चलचित्रमा जाहान्वी बस्नेत दोहोरो भूमिकामा देखिदैछिन् । केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको चलचित्रले दशैं र तिहारको परिवेशलाई चलचित्रमा प्रस्तुत गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस