१३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य मनु सिग्देललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
ललितपुरको विध ल्याबमा गरिएको सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन् । उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन् ।
सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन् । सिग्देलको स्वास्थ्यमा खासै समस्या नरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस