रोजगार

बागमती प्रदेश सरकारले माग्यो २६ जना कर्मचारी (सूचनासहित)

province 3 govt job

१४ असोज, काठमाडौं । बागमती प्रदेश सरकारले २६ जना कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर माग गरेको हो ।

सूचनाअनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी.एण्ड आर. उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ । इच्छुक उम्मेदवारले आजको मितिले १५ दिनभित्र आवेदन दिन सूचित गरिएको छ ।

bagmati pradesh job

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस