१४ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।
भान्छामा कार्यरत एकजनामा कोरोना संक्रमण देखिएपछि थापा केही दिनदेखि सेल्फ आइसोलेसनमा बस्दै आएका थिए ।

