खेलकुद समाचार

क्यानको वार्षिक साधारणसभा स्थगित

Can

२६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा स्थगित भएको छ । असोज २८ र २९ गते बस्‍ने तय भएको क्यानको वार्षिक साधारणसभा अर्को महिनासम्मका लागि स्थगित भएको हो ।

संघका अध्यक्ष चतुरबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गरी संघको साधारणसभा स्थगित गरिएको बताएका छन् ।

‘गत असोज ६ मा चितवनमा बसेको बोर्डको बैठकले २८ र २९ असोजमा साधारण सभा गर्ने निर्णय गरेको थियो। तर, संघका केही पदाधिकारीसँगै केन्द्रीय कार्यसमिति सदस्यहरु कोभिड-१९ को संक्रमणका कारण आइसोलेसनमै रहनुभएको हुँदा हाललाई उक्त साधारणसभा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

press release

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस