२६ भदौ, दाङ । ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पा जिल्लावाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
सर्वोच्च अदालतले २०६१ साल चैत २९ गते केसीविरूद्ध कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैदको फैसला सुनाएको थियो ।
फरार केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित रोल्पा सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका प्रतिवादी केसीलाई असोज २५ गते दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार कारागार चलान गरिएको डिएसपी खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस