२९ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।