काठमाडौंमा १६९२ सहित उपत्यकामा थपिए १९३५ जना कोरोना संक्रमित

२९ असोज, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बिहीबार नेपालमा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

एनएमबि न्यूज