१ कात्तिक, कञ्चनपुर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसित छैन । सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरक्षणका लागि गत कात्तिकमा काम थाल्ने बताए पनि एक वर्ष बितिसक्दा पनि कामले गति पाएको छैन ।
उता दोधारा चादँनीलाई शारदा नहरबाट सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिने विषय अझै आलटाल गर्दै आएको छ । नेपाली पक्षले दोधारा चादँनीको सीमासम्म नहर निर्माण गरी पानी उपलब्ध गराउन डिपिआरसहित आयोजना पेश गर्दा पनि भारतबाट त्यसको कुनै ठोस जवाफ आएको छैन ।
टनकपुर ब्यारेजबाट एक हजार २०० मिटर नहर निर्माण गर्न गत वर्ष भारतको टनकपुरस्थित ‘एनएचपिसी’ले दोस्रो पटक ठेक्का आह्वान गरेको हो । यसअघि २०७५ साल साउन पहिलोपटक ठेक्का आह्वान गरिएको थियो । पहिलो पटकको ठेक्का प्राविधिक कारण देखाउँदै रद्द गरिएको थियो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निमित्त निर्देशक इन्जिनीयर मोहनराम टेलरले गत वर्ष भारतले बाह्र सय मिटर नहर निर्माणका लागि ठेक्का दिएर फिल्डमा काम गर्ने सुरसार गरे पनि अघि नबढाएको बताए । “ठेक्का दिएर नहर खन्न घेरा हाल्ने र क्षेत्र छुट्याउने काम गत वर्ष नै गरेको हो”, इन्जिनीयर टेलरले भने, “काम किन ढिलाइ गरिरहेको छ, त्यो जानकारी छैन ।”

महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म ५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्ने स्वीकृत लक्ष्य रहे पनि नहर निर्माणको काम भने कछुवा गतिमा छ । आयोजना अन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको गरी क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टर सिञ्चित भएको छ ।
'