१ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् ।
थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक बाबुकाजी कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर फिजिसियन डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा.प्रमेश सुन्दर श्रेष्ठलगायतको टोली खटेको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।