३ कात्तिक, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ४ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको कुल संख्या ४ करोड २ लाख ७८ हजार दुई सय पुगेको हो ।
संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख १८ हजार नाघेको छ । विश्वभर दैनिक तीन लाखका दरले संक्रमित संख्या बढिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार हालसम्म ३ करोड एक लाख संक्रमण मुक्त भएका छन् । ९० लाख सक्रिय संक्रमित संख्या छ ।
विश्वमा सबैभन्दा बढी अमेरिकामा ८३ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २४ हजारको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
'