३ कात्तिक, जनकपुर । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी चालक महोत्तरीको बलबा नगरपालिका ४ का ३४ वर्षीय रामचन्द्र साह रहेका छन् ।
सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो । प्रहरीका अनुसार सुन सहित गाडिको अन्दाजी मुल्य करिब ३१ लाख २३ हजार ८ सय रुपैया रहेको छ ।
शसस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणबाट शसस्त्र प्रहरी निरीक्षक शम्भु कटवालको कमाण्डमा खटिएको टोलीले बरामद गरेको सुन, गाडी र व्यक्तिलाई कारबाहीको लागि जनकपुर भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस