३ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा‚ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा मालेलगायत २१ वामपन्थी दलहरुले कोरोना महामारी उपचारमा राज्य उपचार गर्नबाट पन्छिन नमिल्ने बताएका छन् ।
सोमबार २१ दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा संक्रमितहरुको उपचारमा राज्यले उपचार गर्नबाट पछि हट्न नहुने बताएका हुन् । विज्ञप्तिमा यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्न दिएको आदेशेको समेत उपहास गरेको जनाइएको छ ।
ती दलले आम नागरिकको बाँच्न पाउने अधिकारमाथि समेत अतिक्रमण गरेको आरोप लगाउँदै उक्त निर्णय अबिलम्ब खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस