विश्व/प्रवास

अमेरिकामा ७.३ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

earthquick homer usa

४ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन संघर्षरत अमेरिकामा शक्तिशाली भूकम्पसँगै सुनामीको खतरा पनि देखिएको छ ।

अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ । भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् । भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस