सूचना प्रविधि

फेसबुकमा बलात्कारी संगठन बनाउने अर्का एक जना पक्राउ

raper association 1

४ कात्तिक, काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन (बलात्कारी संगठन) नामक पेज तथा ग्रुप बनाउने अर्का एक जनालाई पक्राउ गरेको छ । केही दिन अघि नवलपरासीबाट एक जना पक्राउ गरेको साइबर ब्यूरोले मंगलबार पाल्पाबाट अर्को एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माथागढी गाउँपालिका-१ पाल्पाका अभिषेक नेपाल रहेको ब्यूरोले जनाएको छ । उनलाई प्रहरीले सोमबार उनको घरबाट पक्राउ गरेको एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

रेपर एसोसियसनको नाममा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट र कमेन्ट गर्ने लगायतका कार्य भइरहेको गुनासो आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

ब्यूरोले महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव तथा शिष्टाचार विरुद्धका सामग्री पोस्ट तथा कमेन्ट गर्ने लगायतका कार्य गरेको भन्दै नेपाल विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कारबाही अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस