५ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्काे पुरुष छन् ।
अस्पतालका सूचना अधिकारी डा. बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।
त्यसस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका बिरामी थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस