६ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्यु भएको छ ।
योसहित बिहीबारसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
त्यस्तै, बिहीबार देशभर ३६ सय ३७ जना संक्रमित थप भएका छन् । योसहित देशभर संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस