८ कात्तिक, बटवल । लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी भएको छ । दसैँ तिहार मनाउन पदाधिकारी तथा कर्मचारीहरु घर गएको परिसरभित्र शुक्रबार अचानक आगलागी भएको हो ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार बिकास परिसरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजे भएको आगलागीबाट कलिला बोटबिरुवा चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको छ ।
कोषभित्र आगलागिको कारण थाहा नभए पनि आगलागीबाट करीब २० हेक्टर जमिन खरानी भएको बनस्पति शाखा प्रमुख सब्बीर अहमद मुसलमानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस