समाचार

काठमाडौं उपत्यकामा थपिए ८९४ जना कोरोना संक्रमित

kathmandu valley

१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ३८० जना महिला र ५१५ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७४१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ५ जना निको भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस