विश्व/प्रवास

रुसमा एकैदिन थपिए १७ हजार बढी कोरोना संक्रमित

Australia coronavirus

१० कात्तिक, काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ११ लाख ६० हजार ५४२ जनाको मृत्यु भएको छ भने ४ करोड ३४ लाख ४६ हजार ५१२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड १९ लाख ५८ हजार ७५ जना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच रुसमा आज थप १७ हजार ३४७ जनालाई संक्रमण भएको छ भने २१९ जनाको मृत्यु भएको छ । त्यहाँ २६ हजार २६९ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ३१ हजार २२४ जनालाई संक्रमण भएको छ ।

रुसमा ११ लाख ४६ हजार ९६ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ८५९ जना उपचाररत छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस