विश्व/प्रवास

भारतीय सेनाध्यक्ष नरवणे कार्तिक १९ गते नेपाल आउने

Gen Naravane

११ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेले कार्तिक १९ गते नेपाल भ्रमण गर्ने भएका छन् ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवाणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउँदै छन् ।

सेनाध्यक्ष नरवणेको तीन दिवसीय भ्रमणका बेला सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी थापासँग छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय सेना विचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह विच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने छिन् ।

साथै भ्रमणको क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस