११ कात्तिक, झापा । कोरोना भाइरसको संक्रमण देखिएका झापाको मेचीनगर नगरपालिकाका प्रमुख (मेयर) विमल आचार्यलाई थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ ।
कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए । मधुमेहका बिरामी उनको स्वास्थ्य अवस्था झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।
मेयर आचार्यका स्वकीय सचिव विजय भट्टराईका अनुसार मेयर आचार्यको अवस्था सामान्य भएको र प्रशस्त आराम गर्नुपर्ने भएकाले सिलिगुडी अस्पताल लगिएको बताए ।
प्रतिक्रिया दिनुहोस