समाचार

हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द

humla

११ कात्तिक, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए ।

पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच बन्द गरेको हो ।

हुम्लामा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जना निको भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस