१२ कात्तिक, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले प्रदेश १ र बाग्मती प्रदेशका केहि भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाएको छ । यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहनेछ ।
यसैगरी बिहीबार र शुक्रबार पनि मौसम केही स्थानमा बदलीबाहेक सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस