१२ कात्तिक, कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा बुधवार बिहान आगलागी भएको छ ।
बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रू.४ करोडको धनमाल क्षति भएको अनुमान छ । बिहान करीब ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए ।
आज बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस