१२ कात्तिक, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा कमारा बिकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई पक्राउ गरेको छ ।
उपमहानगरको वडा नम्बर ११ स्थित नवलपुर निवासी ४५ वर्षीय विकमाथि तुलसीपुर– १० गोलौरीमा अपरिचित समूहले सांघातिक हमला गरेको थियो । उनको एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ ।
सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।
घाइते विकलाई तत्कालै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरिएको थियो। त्यहाँ पनि उपचार हुननसकेपछि भारत लगिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।