Advertisement

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ८८७ पुग्यो

१२ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।