विश्व/प्रवास

भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

vitnem pahiro

१३ कात्तिक, काठमाडौं । मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ ।

नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी दर्जनौँ व्यक्तिहरू हराएको प्रारम्भिक रिपोर्टमा जनाइएको भएपनि तर केही व्यक्ति भागेर सुरक्षितस्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् ।

वेपत्ता रहेका भनिएका केही मानिसको खोजी कार्य जारी रहेको छ । प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभाबकारी बनाउन निर्देशन दिएका छन् । विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीपछि आएको बाढीपछि उक्त क्षेत्रमा पहिरो गएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस