समाचार

सुस्त मनस्थिती भएकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ

balatkari pakrau

१३ कात्तिक, उदयपुर । उदयपुरमा सुस्त मनस्थिती भएकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिकाका दुई युवा पक्राउ परेका छन् ।

१८ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा त्रियुगा नगरपालिका–३ का ३२ वर्षीय मोहम्द अल्ला उदिन र त्रियुगा नगरपालिका १२ का २५ वर्षीय मोहम्द मोदेबुललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

बुधबार राति करिब साँढे नौ बजेको समयमा त्रियुगा नगरपालिका २ मोथियाहीस्थित स १ हज १५७६ नम्बरको अटोमा सवार १८ वर्षीया एक युवती सामूहीक बलत्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक गौतमले बताए ।

किशोरीलाई ती युवकले अटोमा लगेर एकान्त स्थानमा सामूहिक बलात्कार गरेको प्रहरी नायव उपरिक्षक गौतमले बताए । अटो बलात्कारमा सलग्न युवककै भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस