१४ कात्तिक, काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार २ सय रुपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा ११८० रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस