१५ कात्तिक, काठमाडौं । अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना ब्वाइफ्रेण्ड गौतम किचलुसँग विवाह गरेकी हुन् । मुम्बइको एक होटलमा शुक्रबार उनीहरुको विवाह भएको हो ।
कोरोनाभाइरस महामारीका कारण उनीहरुको विवाहमा निकै कम पाहुना सहभागी भएका थिए । यससँगै उनीहरुको बिहेपछिको पहिलो तस्वीर सार्वजनिक भएको छ । विवाहमा काजल रातो रंगको लहंगामा देखिएकी थिइन् ।
गौतम सेतो रंगको शेरवानीमा देखिएका थिए । काजलका पति एक व्यवसायीका साथै इन्टिरियर डिजाइनर हुन् ।


प्रतिक्रिया दिनुहोस