चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

१५ असोज, चितवन । चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज  मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिए ।

उनका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका  ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो ।

मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो संगै  चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।