१५ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि विहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन् ।
क्याप्टेन लामाले कोरोनाविरुद्धको लडाइँमा आफूलाई साथ दिने स्टार अस्पतालका नर्स र डाक्टरहरुको उच्च प्रशंसा गर्दै आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।
उनले सकारात्मक सोचका साथ सक्रिय भइरहन सबैलाई आग्रह गर्दै अनुशासित जीवनशैलीले सामान्य जीवनतर्फ फर्काउन सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस