Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

चितवनमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

१६ असोज, चितवन । चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनीलाई बिहीबार राती भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसंगै चितवनमा कोरोनाबाट  मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।