समाचार

प्रदेश १ मा १९७ जना कोरोना संक्रमित थपिए

covid 19 test positive

१६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना संक्रमित थपिएका छन् ।

दैनिक सङ्क्रमण सङ्ख्यामा यो हालसम्मकै उच्च हो । थपिएका सङ्क्रमितमा मोरङका १४६ मध्ये विराटनगरमा १२३ , सुनसरीमा २३, झापामा २१, तेह्रथुममा दुई र प्रदेश  बाहिर पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ती मध्ये महिला ६५ र पुरुष १३२ छन् भने विराटनगरमा थपिएका मध्येमा महिला ४७ र पुरुष ७६ रहेका छन् । यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ ।  हालसम्म तीन हजार ४३८  निको भएर घर फर्किसकेका र एक लाख २५ हजार ६८१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस