१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार १२० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस