१७ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।
यस्तै, शनिबार नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस