१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस