१८ असोज, काठमाडौं । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस