समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

१९ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ । यता, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

यसैगरी, महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । भने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस