बैँक / वित्त

नेपाल बैंकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने

nepal bank

१९ असोज, काठमाडौं । नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको प्रतिनिधित्व बढाएको छ ।

भर्चुअलरुपमा आज गरिएको सभाले नेपाल सरकारबाट मनोनयन हुने चार सञ्चालकबाट घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।

नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन/थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस