राजनीति

रुपन्देहीमा नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा

party parityag

२० असोज, बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् । बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट राजीनामा बुझाउने घोषणा गरेका छन् ।

उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै तुक नभएको बताए । गृहकार्य  बिना एकलौटी रुपमा राजधानीको बिषयमा निर्णय गरको उनीहरुको आरोप छ ।

रुपन्देही उद्योग संघ अध्यक्ष बावुराम बोहराले पार्टीले गतल काम गरेकाले उद्योगी, व्यावसायीहरुले पार्टी सदस्यबाट राजीमाना दिन लागेको बताए । रुपन्देही उद्योग संघको अध्यक्ष भएपनि पार्टीको नगर सदस्य रहेको  उल्लेख गर्दे पार्टीले बुटवलको हितमा काम गर्न नसकेको बताए ।

रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, पश्चिम नेपाल वस व्यवासयी प्रा.लि.का नारायण घिमिरे, होटल व्यवसायी माधव नेपाललगायतले राजीनामा पार्टी कार्यालयका बुझाउने पत्रकार सम्मेलनमा बताएका छन् । माधव नेपालका अनुसार ३५ वटा संस्थाका झन्डै २३ सय पार्टी सदस्यहरुले राजीमाना दिँदैछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस