२० असोज, दाङ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
तुलसीपुर-८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्बरको मोटरसाइकल सोमबार राति १२ बजे गहतेखोलामा दुर्घटना हुँदा तुलसीपुर-६ गुम्राहचोक निवासी २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी २६ बर्षका गोविन्द केसी घाईते भएका छन् । उनको कोहलपुरमा उपचार भइरहेको छ । तिब्रगतिका कारण मोटरसाईकल पुलबाट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस